- March 23, 2024
- Posted by: admin
- Category: News & Notices
विगत ३६ वर्षदेखि गुणस्तरीय शिक्षामा प्रतिबद्ध बालोदय माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८१ का लागि नर्सरी देखि कक्षा ९ सम्मको लागि सिमित सिटहरूमा भर्ना खुल्यो ।
• आवेदन फारम विद्यालयको लेखा शाखाबाट वितरण भइरहेको छ । अनलाइनबाट दर्ता गर्नका लागि तल राखिएको फर्म भर्नुहोला ।
• आवेदन फारम बुझाउने अन्तिम मितिः
२०८० चैत्र २३ गते (शुक्रबार) साँझ ५:०० बजेसम्म
• प्रवेश परीक्षा / मौखिक अन्तर्वार्ताः
२०८० चैत्र २४ गते (शनिबार) बिहान ८:०० बजे
(कक्षा नर्सरी देखि यु. के. जी. सम्म मौखिक अन्तर्वार्ता मात्र हुनेछ )
प्रवेश परीक्षामा सोधिने विषयहरू:
• कक्षा १ देखि कक्षा ३ सम्मः नेपाली, अङ्ग्रेजी र गणित ।
• कक्षा ४ देखि कक्षा ९ सम्मः नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान ।
आवेदन फारमसँग पेश गर्नुपर्ने कागजातहरूः
• विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि
• हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको फोटो
• अघिल्लो कक्षाको दोस्रो / तेस्रो त्रैमासिक परीक्षाको लब्धाङ्कपत्र (Marksheet) को प्रतिलिपि
थप जानकारीका लागि:
बालोदय माध्यमिक विद्यालय (𝐁𝐚𝐥𝐨𝐝𝐚𝐲𝐚 𝐒𝐞𝐜𝐨𝐧𝐝𝐚𝐫𝐲 𝐒𝐜𝐡𝐨𝐨𝐥)
बालोदय मार्ग, विरौटा, पोखरा-१७
🕿 फोन नं: ०६१, ४५१४४२, ४५०२०६, ९८५६०३३२५६
इमेल: balodayaschool@gmail.com
वेबसाइट: www.bebs.edu.np